झरीले प्रभावित भएको भन्दै निर्वाचन तालिका फेर्न दबाब

आश्विन २१,काठमाडौँ । केही राजनीतिक दलले प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न निर्वाचन आयोगमा ‘दबाब’ दिन थालेका छन् ।

केही दिनदेखि परेको झरीका कारण कार्यक्षेत्रमा जान ढिलाई भएको भन्दै उनीहरुले कार्यतालिका परिमार्जन गर्न आग्रह गरेका हुन् ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ मनोनयन दर्ताका लागि २३ असोज (आगामी आइतबार) का लागि मिति तोकेको छ । त्यो दिन कार्यालय समयमा इच्छुकहरुले मनोनयनपत्र दर्ता गर्न पाउँछन् ।

तर सत्ता गठबन्धनले सिट बाँडफाँट टुंग्याएको छैन भने एमाले पनि जनता समाजवादी, राप्रपा लगायतका दलसँग तालेमलको प्रयासमा छ । केही दलका नेताहरुले निर्वाचन तालिका फेरबदल गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्न थालेका हुन् । कतिपय नेताहरुले आयोगका पदाधिकारी र मुख्य कर्मचारीलाई फोन गरेर ४र५ दिन मनोनयनको मिती सार्न आग्रह गरेको स्रोतले बतायो ।

संम्बन्धित समचार

Leave a Reply