उम्मेदवारले १८ बुँदे स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २१, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन २१,काठमाडौँ । यही असोज २३ गते आइतवार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारले १८ बुँदे स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर मङ्सिर ४ गते हुने चुनावका लागि उम्मेदवारले मनोनयनपत्रसँगै स्वघोषणा पत्रमा हस्ताक्षर गर्नुपर्ने जनाएको छ ।

आयोगका अनुसार उम्मेदवारले आफू नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको, २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको स्वघोषणा गर्नुपर्ने छ । उम्मेदवार कुनै सङ्घीय कानुनले अयोग्य नभएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि २३ गते बिहान १० बजेदेखि बेलुकी ६ मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस