मनोजकी पुर्वपत्नी मिनाले डिभोर्सको उत्सव मनाउने !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ पौष १०, मंगलबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुस १०,काठमाडौँ । हास्य व्यंग्य कलाकार मनोज गजुरेलकी पुर्व पत्नी मिना ढकालले सम्बन्ध बिच्छेदको एक बर्ष पुरा भएको अवसरमा खुसीयाली मनाउने भएकी छिन ।

मिनाले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी हुन। उनले बुधबार आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् ।

‘ मैले आफ्ना निकट शुभचिन्तकहरु तथा मिडियाकर्मीहरुलाई बोलाएर सानो जमघट र चियापान आयोजना गरेकी छु,’ उनले भनिन् । फेसबुकमा उनले आफू ‘स्वतन्त्र भएको एक वर्ष पुगेको उपलक्ष्यमा’ चियापानमा आउन शुभचिन्तकलाई निम्तो गरेकी छन् ।

मनोज र मिना आपसी सहमतिमा सौहार्दपूर्वक छुट्टिएका थिए । उनीहरुका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । उनी फिल्म बनाउने योजनामा पनि छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस