पहिरोले पुरिएर जुम्लामा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २२, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २२, काठमाण्डौ । अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका आठ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको रहेका छन् ।

घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्द सहितको टोली थप उद्धारका लागि गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस