असोज २२, काठमाण्डौ । कार्यकाल सकिएको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने भएका छन् ।
सापकोटाले चुनाव जित्दै आएको सिन्धुपाल्चोक– १ बाट माओवादी पोलिटब्युरो सदस्य माधव सापकोटा प्रतिनिधि सभाको उम्मेदवार बन्ने भएका हुन् । सत्ता गठबन्धनबीचको भागबण्डामा सिन्धुपाल्चोक– १ माओवादीको भागमा परेको छ ।