बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्धारा वारिसनामामार्फत उम्मेदवारी दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ आश्विन २३, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज २३, काठमाडौ । नेकपा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वारेसबाट उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेको प्रस्तावक एकीकृत समाजवादी धादिङका अध्यक्ष शिव कडेल रहेका छन् भने समर्थकमा नेकपा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने सुबोध रहेका छन् ।

निर्वाचन आयोगले आज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको थियो । पाण्डेले आमाको देहावसानको १२ औं दिनका कारण आफू स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको सामाजिक संजालमार्फत् जानकारी दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस