स्पेनिस् ला लिगमा बार्सिलोनाको कठिन जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ आश्विन २४, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २४, काठमाण्डौ । स्पेनिस् ला लिगमा बार्सिलोनाले कठिन जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई १(० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा पाब्लो गाभीको पासलाई नुनेजले क्लियर गर्न नसकेपछि पेड्रीले बल भेट्दै गरेको प्रहारले जाली चुमेको थियो ।

त्यसपछि पनि बार्सिलोनाले पाहुना टोलीमाथि दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा पेड्रीले गरेको गोल नै बार्सिलोनालाई ३ अंक जोड्दै शीर्षस्थानमा पुग्न पर्याप्त बन्यो । यो जितसँगै बार्सिलोना ला लिगामा शीर्षस्थानमा फर्किएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस