प्रतिनिधिसभा र प्रदेशसभाका लागि कतिजनाले दिए उम्मेदवारी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २४, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज २४, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन् ।

प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो । अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगको भनाइ छ ।

सातवटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेस प्रदेशमा छन् । यस्तै, सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन्
प्रदेश १ मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्‍डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस