भुकम्पपछिको पुनर्निर्माणको काम सुस्त, अहिलेसम्म ४५ प्रतिशत मात्रै निजी आबास पुनर्निर्माण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माण तथा पुनस्र्थापना योजना बनाई तीन वर्षभित्र शतप्रतिशत निजी आवास निर्माण गर्ने घोषणा गरेको थियो।

तर, यस अवधिमा जम्मा ४५ प्रतिशतमात्र निजी आवास निर्माण भएको छ।

प्राधिकरणका अनुसार ८ लाख ८४ हजार ८ सय लाभग्राही रहेकोमा ७ लाख ४२ हजार १ सय ३५ भूकम्प प्रभावितले अनुदान सम्झौता गरेका थिए। त्यसमध्ये ३ लाख ३७ हजार ३ सय १९ ले मात्र निजी आवास निर्माण गरेका छन्।

विद्यालय भवन ५५ प्रतिशत मात्रै निर्माण भएको छ।

पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब लागत अनुमान गरिएकोमा हालसम्म १ खर्ब ८६ अर्ब मात्र खर्च भएको प्राधिकरणले जनाएको छ। जुन २० प्रतिशत मात्रै हो।

ताजा अपडेट

खोजी गर्नुहोस