शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक !

आश्विन २४,काठमाडौँ । १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ।

किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् उनको स्वास्थ्य अवस्था चिन्ताजनक भएको निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।

‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ सोमबार जारी विज्ञप्तिमा भनिएको छ।

गत आइतबार उनको छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक सुरू गरिएको छ र मुटुको चालसम्बन्धी समस्या देखा परेकाले उनलाई आइसियूमा सारेर उपचार सुरू गरेको अस्पातलले जनाएको छ।

उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो। उनमा डेंगीको संक्रमण देखिएको थियो।

संम्बन्धित समचार

Leave a Reply