आजको मौसम पुर्वानुमान कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन २५, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाण्डौ । हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान सार्वजनिक गरेको नियमित मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जनाइएको छ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस