नागढुंगा सुरुङमार्ग तोकिएको समयमा नबन्ने !

असोज २५, काठमाण्डौ । निर्माणाधीन नागढुंगा सुरुङमार्गको निर्माण कार्य निर्धारित समयमा नसकिने पक्का भएको छ । आयोजनाको पछिल्लो भौतिक प्रगतिअनुसार निर्माण कार्य ४२ प्रतिशत मात्रै सम्पन्न भएको छ । त्यस्तै, वित्तीय प्रगति भने ४७ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । तर, आयोजना सम्पन्न गर्नुपर्ने समय अब एक वर्ष पनि बाँकी छैन । सोहीकारणले समयमा शतप्रतिशत निर्माण कार्य सकिने सम्भावना नरहेको आयोजनाका सहायक प्रमुख माधव अधिकारीले बताए ।

सडक विभाग र जापानिज निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच भएको सम्झौताअनुसार अप्रिल ०२३ भित्र आयोजना निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, बीचमा कोरोनाका कारण काम नभएपछि ८६ दिन म्याद थपिएको थियो । थपिएको समयअनुसार जुलाई ०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्नेछ । तर, त्यस अवधिमा पनि आयोजना निर्माण नसकिने अधिकारीको भनाइ छ ।

सुरुङमार्ग डिसेम्बर ०२० पुस ०७७ देखि निर्माण कार्य सुरु भएको थियो । काम सुरु गरेको ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । कोरोनाका कारण त्यसमा ८६ दिन म्याद थप भइसकेको छ । तर, अहिले समयमै नसकिने भन्दै निर्माण कम्पनीले थप आठ–नौ महिना समय मागेको अधिकारीले बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा मिलन बिश्वकर्माले लेखेका छन् ।

संम्बन्धित समचार

Leave a Reply