शेयर बजारमा आज हरियाली, नेप्से ११ अङ्कले बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ आश्विन २६, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाण्डौ । अस्ति सोमवार र हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ३२ विन्दुले बढेर एक हजार आठ सय ६६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय २२ वटा कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस