एमाले धादिङमा भाँडभैलो, युवा नेता घलेद्वारा पार्टी परित्याग

Post Thumbnail

आश्विन २६,धादिङ । नेकपा एमालेका युवा नेता तथा धादिङका उपाध्यक्ष,एमाले निकट आदिवासी जनजाती महासंघको केन्द्रिय सचिवालय सदस्यबाट राजिनिमा साथै पार्टीसमेत परित्याग गरेका छन् । घले धादिङ क्षेत्र नम्बर २ (ख) बाट एमालेका उम्मेदवार बेका थिए । उनले उम्मेदवारी मनोनयन दर्ता गरेपछि आजमात्रै सो क्षेत्रमा राप्रपालाई सघाउने भन्दै उनलाई समेत थाहा नदिई पार्टीले उनको उम्मेदवारी फिर्ता लिएको थियो ।

पार्टी परित्याग गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–”उपर्युक्त सम्बन्धमा आगामी मंसिर ४ गते हुन गइ रहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मध्ये धादिङ २ को ‘ख’ प्रदेशबाट एमालेको तर्फबाट गएको असोज २३ गते, प्रदेशसभा सांसदको उम्मेदवारी मैले दिइएको हो। तर आज भर्खरै २ बजेको समयमा, जिल्लामा रा प्र पा संग तालमेल गर्ने बहनामा, खेम लोहनीको बलजबर्जस्तीमा निर्वाचन कार्यालय संग सेटिङ गरी, मलाई थाहै नदिई, सोत्धै नसोधि, मेरो सहमति विना मेरो उम्मेदवारी हटाएको खबरले स्तब्ध छु म।”

घलेले थप भनेका छन्–”यदि म एमालेमा बसेर संगठन बनाउंदा, पार्टी ठुलो बनाउँदा कोहि, कुनै नेताहरुलाई औडाहा हुन्छ भने, खसखस लाग्छ भने, दाँतबाट पसिना आउँछ भने, म एमालेमा बसिरहन आवश्यक ठानेन।त्यसैले आज कै मितिबाट म नेकपा एमाले आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्य र नेकपा एमाले जिल्ला कमिटि धादिङको उपाध्यक्ष पदबाट राजिनामा गरिएको छ। साथै आज कै मितिबाट एमाले पार्टी परित्याग गरिएको घोषणा गर्दछु।”

यसो त धादिङमा एमाले अध्यक्षसमेत भइसकेका नेता नेत्र पौडेलले क्षेत्र नम्बर १ ‘क’ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई आजै निर्वाचन आयोगले बत्तिको चिम चुनाव चिन्ह प्रदान गरेको छ । यो संगै एमाले धादिङमा भाँडभैलो देखिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस