असोज २८, काठमाण्डौ । निर्वाचन आयोगले बिहीबारबाट मतपत्र ढुवानी शुरू गरेको छ । निर्वाचन आउन ३९ दिन बाँकी हुँदा आयोगले मतपत्र ढुवानी शुरू गरेको हो । आयोग र नेपाली सेनाको उच्च स्तरीय टोलीको बैठकपछि मतपत्र ढुवानी शुरू भएको हो ।
जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ गरेको ४ करोड थान मतपत्र सोही स्थानबाट ढुवानी हुनेछ । जनक शिक्षाले मतपत्र छपाइसँगै प्याकिङ गरेको थियो । प्याकिङ भएका मतपत्र नेपाली सेनाको स्कटिङमा निर्वाचन आयोगका प्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पु¥याउने व्यवस्था गरिएको छ ।