ए डिभिजन लिग फुटबल : ११ औँ चरणका खेल सुरु, आज तीनवटा खेल हुँदै

पौष ११, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत ११ औँ चरणका खेल बुधबारदेखि सुरु हुँदैछन् । बुधबार तीनवटा खेल हुँदैछन् ।

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । खेल बिहान ११ बजेपछि ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ । १० खेलबाट १४ अंक जोडेको हिमालयन आठौँ तथा ६ अंकसहित ब्रिगेड ब्वाइज १२ औँ स्थानमा छ ।

अर्को खेलमा दिउँसो साढे दुई बजे जावलाखेल युथ क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ । खेल एन्फा कम्प्लेक्समै हुनेछ । १० खेलबाट ६ अंक जोडेको मछिन्द्र क्लब पुछारबाट दोस्रो अर्थात १३ औँ स्थानमा छ भने ८ अंक जोडेको जावलाखेल १० औँ स्थानमा छ ।

हलचोक मैदानमा दिउँसो साढे दुई बजे नै हुने खेलमा पुछारमा रहेको न्युरोड टिम (एनआरटी) ले ११ औँ स्थानमा रहेको फ्रेण्ड्स क्लबसँग प्रस्तिपर्धा गर्नेछ । एनआरटीको १० खेलबाट चार तथा फ्रेण्ड्स क्लबको ८ अंक छ ।

१० खेलसकिँदा सबै खेलमा विजयी भएको मनाङ्ग मर्स्याङ्गदी क्लब ३० अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको संकटा क्लबको २५ अंक छ ।

संम्बन्धित समचार

Leave a Reply