चितवनमा रहेको एक जुस उद्योगमा आगलागी

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०७९ आश्विन २८, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन २८,काठमाडौँ । चितवनमा रहेको जुस उद्योग युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको उद्योगमा बिहान आगलागी भएको हो ।

प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए ।

आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम भइरहेको उनले बताए । आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस