मधेश प्रदेशमा कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी

Post Thumbnail

आश्विन २८,काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेको स्रोतले जनाएको छ । राजीनामा नदिए आजै उनीहरुलाई पदमुक्त गर्ने तयारी मुख्यमन्त्री राउतको छ ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुन.विचार गरी कांग्रेसका मान्त्र मन्त्री हटाउने निष्कर्षमा पुगेको बताइएको छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरुलाई राजीनामा दिन मुख्यमन्त्री राउतले भनेका छैनन् । एकीकृत समाजवादीबाट उद्योग, वन तथा पर्यटन मन्त्री रहेका शत्रुधन महतोले आफूहरुलाई मुख्यमन्त्रीले राजीनामा दिन नभनेको बताए । कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन र नदिए हटाउने कुरा भने मुख्यमन्त्री राउतले आफूलाई सुनाएको उनको भनाइ छ ।

मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस