दुई दिनदेखि काठमाडौँको न्यूनतम तापक्रम दुई डिग्रीमा, चिसो बढ्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ११, बुधबार (५ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको मौसममा बुधबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकासहित पहाडी भूभागमा आंशिक बदली हुनुका साथै उच्च पहाडी भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए ।

मंगलबार दुई डिग्रीमा झरेको काठमाडौँको न्यूनतम तापक्रम बुधबार पनि २ डिग्री सेल्सियस नै मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको आसपासमा रहने मौसमविद अर्यालले बताए ।

उनले काठमाडौँसहितका क्षेत्रमा आज पारिलो घाम नलाग्ने भएकोले चिसो धेरै महसुस हुन सक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस