प्रकाश र रेश्मा अभिनित ‘जाने भए जाउ माया’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ आश्विन २८, शुक्रबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ‘जाने भए जाउ माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ। गीतमा शब्द, संगीत बिकाश ल्वागुनको रहेको छ। गीतलाई कोबिद बज्रले संगीत संयोजन गरेका हुन्।

सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘जाने भए जाउ माया’ म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ‘सहना’मा संग्रहित गीत हो। एल्बम नोभेम्बर १३ मा बिमोचन हुने गायक गुरुङले बताएका छन्।

https://youtu.be/6vZtDkaBSTg

ताजा अपडेट

खोजी गर्नुहोस