शताब्दी पुरुष सत्यमोहन जोशीको शव नजलाइने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ३०, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

आश्विन ३०,काठमाडौँ । आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । उनको पूरै शरीर दान गरिएकाले अन्तिम संस्कार नहुने बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले बताए ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।

अन्तिम संस्कार नभए पनि उनको शवलाई अन्तिम श्रद्धाञ्जली भने सर्वसाधारणले दिन पाउने छन् । तर श्रद्धाञ्जलीका लागि कुन स्थानमा पार्थिव शरीर राखिने र कतिबेला दिने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको रोदनको भनाइछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस