साहित्यकार सीता भट्टराईको बाह्रौं कृति ‘’धराकर्षण’’ महाकाब्य बिमोचन

जयराम बिडारी     

आश्विन ३०,काठमाडौँ । ऐरावती प्रकाशन प्रा. लि को आयोजनामा नेपाली साहित्याकाशमा एक दर्जन कृति प्रस्तुत गरिसकेकी बरिष्ठ साहित्यकार सीता भट्टराईद्वारा सिर्जीत ‘’धराकर्षण’’ महाकाब्य लाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनिकिकरण तथा काब्य बिमर्ष गरियो ।

कवि तथा समालोचक प्रा। डा। रामप्रसाद ज्ञवालीको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निबर्तमान सदस्य सचिव प्राज्ञ तथा दर्शनबिद् जगत् उपाध्यायको प्रमुख आतिथ्यमा एवं नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सचिव, प्रा।डा। हेमनाथ पौडेल , प्रा।डा। देवी नेपाल, साहित्यकार एवं साझा प्रकाशनका महाप्रबंधक प्रल्हाद पोखरेल , महाकाब्यकार चन्द्र प्रसाद न्यौपाने, समालोचक धर्म पोखरेल, समालोचक तर्कना शर्मा, बरिष्ठ संतारकर्मी पुरुषोत्तम दाहालको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

राष्ट्रीय गान बजाएर प्रमुख अतिथी लगायत सभाध्यक्षले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरि औपचारिक रुपमा शुरू गरिएको उक्त कार्यक्रममा अतिथीहरुलाइ माला खादा लगायतले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा ऐरावती प्रकाशनका तर्फबाट प्रकाशक एवं साहित्यकार रामदेव पाण्डे द्वारा स्वगत मन्तब्यका क्रममा बोल्दै साहितकार पाण्डेले अग्रज हरुको सम्मान गर्दै नबोदित एवं सिद्धहस्त लेखक साहित्यकार हरुकोकृति प्रकाशनका गरेर आफ्ना तर्फबाट उचित साथ र सम्मान गर्न पाउंदा प्रकाशन परिवारको समेत शान र मान बढेको महशुष गरेको बताएका छन् ।

कार्यक्रममा जिवेश चामलिङग राइद्वारा कृतिकोा ३१औं सर्ग संगीतका साथ बाचन गरेका थिए । यसैक्रममा कृतिको समिक्षाका क्रममा समालोचक धर्म पोखरेलले आकाश र धरती बीचको मानवीकरण र मानवको प्रकृतिकरण गरिएकोछ उल्लेख गर्दै धराकर्षणमा ३५ सर्ग र ३२ छन्दको प्रयोग गरिनुका साथै यस्ले राष्ट्रीयता मानवीयता र प्रकृतिबाद मुखरित भएको बताएका छन

समालोचनाका क्रममा तर्कना शर्माले जव कविताले जीवन समाज र सिङ्गो युग बोक्न सक्छ तव महाकाब्यको जन्म हुन्छ भन्दै नेपाली महाकाब्यको फाँटमा पंडित उदयानन्द अर्यालको पृथ्वी योन्द्रोदय महाकाब्यलाइ पहिलो महाकाब्य मानिएता पनि मोहन प्रसाद खनालको अनुसन्धानमा आधारित १८२२ मा लेखिएको मदन दीपिका महाकाब्य लाइ पहिलो महाकाब्य मानिएको छ । त्यसयता देखि हालसम्म २५७ बर्षको इतिहासमा १२जना महिला महाकाब्यरारका १३ महाकाव्य प्रकाशित भएकोमा सीता भट्टराईले नेपाली साहित्यको क्षेत्रमा मुक्तिनाथ बाबा महाकाब्य र धराकर्षण गरि २ वटा महाकाव्य दिएर एउटा इतिहास निर्माण गरेकी भन्दै प्रस्तुत धराकर्षण महाकाब्यले पूर्ण मानकीकरण भएको बताएकी छन् ।

प्रा.डा. देवी नेपाल द्वारा छन्द बिधानका बारेमा नेपाली महाकाब्य परंपरामा यो असोज महिना स्वर्ण महिनाका रुपमा चित्रित भएको महशुष गरिएको बताएका छन् । मरणोपरान्त राष्ट्रकवि माधव प्रसाद घिमेरेकृत ऋतम्भरा महाकाब्य पनि यसै महिनामा बिमोचन गरियो भने साहित्यकार सीता भट्टराईको धराकर्षणले पनि यसै महिनामा सार्वजनिकरण गरेर एउटा उत्साह संचार गरेको बताउंदै प्रस्तुत धराकर्षण महाकाब्य छन्दबिधानको बैधानिक परंपराको सतप्रतिशतको छेउछाउमा पुगेको बिचार ब्यक्त गर्दै यस महाकाव्यमा अति कम प्रचलित छन्द अपरातिता ,कमल छन्द बिमुवा छन्दको समेत प्रयोग गरिएको बताएका छन् । यसैक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सचिव प्रा।डा। हेमनाथ पौडेलले शुभकामना मन्तब्यका क्रममा इतिहास देखि प्राप्त ४३४ महाकाव्यहरु मध्य ३०,३५ लाइ बास्तविक महाकाब्यको कोटीमा राख्न मिल्ने बाँकी श्लोकहरुको भण्डारणका रुपमा रहेको बताउंदै प्रस्तुत धराकर्षणमा कवितात्मक पक्षमा अध्यात्मवाद र भौतिक चेतको संबाहकको रुपमा काब्यकार सीता भट्टराई रहेको बताउदै शुभकामना ब्यक्त गरेका छन् ।

शुभकामना मन्तब्यका क्रममा बोल्दै बरिष्ठ संचारकर्मी पुरुषोत्तम दाहालले धराकर्षण सृजनात्मकता सिद्धांतमा नभइ अभिव्यक्ति स्वतंत्रताको आवाज़ हुनुपर्ने कुरामा जोड दिएका छन् । यसैक्रममा साझा प्रकाशनका महाप्रबंधक तथा साहित्यकार प्रल्हाद पोखरेलले कविता बाचन सहित सुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै सर्जक सीता भट्टराईले २०६९मा ‘भद्राकुमारी घले सेवा र साधना (समालोचनात्मक सोधपत्र) लेखिसकेपछि क्रमशस् कला र भावनाको संगम (कविता संग्रह) चिन्तनसंगको यात्रा (गद्यकविता संग्रह) , रहस्य (उपन्यास) , को हो आफ्नो ? (गीति एल्बम) , फूलका साथी हामी (बालकविता संग्रह) , सहस्राक्ष (छन्दकविता संग्रह) ,मुक्तिनाथबाबा (महाकाब्य) , शिवगोपाल रिसालका महाकाब्य (बेदान्त दर्शन) मैले पढेका कथा (कथा संग्रह) लोकार्पण पछि पाठकीय सद्भाव प्रेम र हौसलाका कारण आज बाह्रौं कृतिका रुपमा धराकर्षण महाकाब्यको कोशेली यहाहरुको माझ प्रस्तुत गरेको छु । धराकर्षण कृति लेख्दा लेख्दै यसलाइ बिश्राम दिएर मुक्तिनाथ बाबा लेखेर ठीक गरें जस्तो लागेको बताउंदै यसमा (कृतिमा) प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति म सचेत रहंदै र भोलीका दिनमा प्राप्त हुने सार्थक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखन कर्ममा मनन् गर्दै पाठकहरुलाइ निराश हुन नदिने बचनबद्धता ब्यक्त गरेकी छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका निबर्तमान सदस्य सचिव प्राज्ञ जगत् प्रसाद उपाध्यायले सर्जक सीता भट्टराईमा काब्य प्रति प्रगाढ़ अनुराग ,समर्पण निष्ठा लोभलाग्दो छ । उनमा प्रतिभा साधना र अभ्यासको यथेष्ट संगम छ । समग्रतामा स्रष्टामा बिशिष्ट अन्तरदृष्टि यथेष्ट रहेको र जीवनजगत बुझेर अभिव्यक्ति गर्नु नै उनको बैशिष्ट्यता रहेको बताएका छन् ।

कार्यक्रमका सभापति कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले सर्जकले आफ्नो अक्षरको खेतीमा सृजनाको माध्यमबाट उच्च शिल्पको प्रयोग गरि अध्यात्म र भौतिकबादको समन्वय गरेर पाठकलाइ जीवन बदल्ने, समाज बदल्ने कर्मलाइ सुरुचिपूर्ण रुपमा प्रस्तुत गर्ने सर्जकको सृजनशीलताको उच्च प्रशंसा गरेका थिए । कार्यक्रममा चर्चित युवाकवि सुदेश सत्याल लगायत राम बहादुर पहाडी , गीता सापकोटा तथा दीपशिखा मुखियाले कविता बाचन गरेका थिए ।

करिव चार घण्टा निरंतर रुपमा संचालन गरिएको उक्त गीता कार्कीद्वारा कार्यक्रमलाइ बीचबीचमा कविता बाचन गर्दै रोचक रुपमा प्रसतुत गरिएको थियो । कार्यक्रम लाइ माउन्टेन टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply