वाङ्‍मय शताब्दी पुरुष जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ३०, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन ३०,काठमाडौँ । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलि दिइएको छ ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२.३० बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनुहुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस