देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७९ आश्विन ३०, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

आश्विन ३०,काठमाडौँ । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको छ । यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस