शताब्दी पुरुष जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन ३०, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

आश्विन ३०,काठमाडौँ । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस