११,पुस,काठटमाडौँ । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा जाउलाखेलले मछिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जाउलाखेलको जितमा अरुज सिंह र फोडे फोफनाले गोल गरेका थिए । यता, मछिन्द्रका लागि अलबाले गोल गरेका थिए ।
खेलको पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको दोस्रो हाफमा मछिन्द्रले भन्दा जाउलाखेलले तुलनात्मक रुपमा राम्रो खेल खेल्यो ।
खेलको ५५औं मिनेटमा अरुजले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा फोडे फोफनाले गोल गर्दै जाउलाखेललाई दोब्बर अग्रता दिलाएका थिए । तर खेलको ९० औं मिनेटमा अबलाले गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याएका थिए ।
जितसँगै जाउलाखेल लिगको नवौं स्थानमा उक्लिएको छ । ११ खेल खेलेको जाउलाखेलको ११ अंक नै रहेको छ । त्यस्तै, पराजित मछिन्द्र भने लिगको १२ औं स्थानमा छ । मछिन्द्रको ६ अंक रहेको छ ।
त्यस्तै, हलचोकस्थित एपीएफको खेलमैदानमा बुधबार नै भएको अर्को खेलमा न्युरोड टिम ९एनआरटी० क्लब र फ्रेन्ड्स क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।