आज सम्ममा बागी उम्मेदवारी फिर्ता नलिनेलाई माओवादीले पार्टीबाट निष्कासन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन ३१, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

आश्विन ३१,काठमाडौँ । नेकपा माओवादी केन्द्रले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बागी उम्मेदवारी दिने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।

आज सोमवार पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिएर फिर्ता नलिएका, तिनका प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

यस्तै माओवादीले गठबन्धन दलका उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएकाहरूले आज सोमवारभित्र उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फिर्ता लिइने पनि जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस