ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीका आवेदन

कार्तिक १, काठमाण्डौ । नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ।

सोमवार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र बोर्डमा पठाएको छ। बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्स तीन किसिमका हुनेछन् । पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।

संम्बन्धित समचार

Leave a Reply