अपार्टमेन्टमा ठोक्कियो रुसी युद्धक विमान, १३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक १, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाण्डौ । रुसको दक्षिणी सहरस्थित एक अपार्टमेन्ट भवनमा सेनाको युद्धक विमान दुर्घटना भएको छ । रुसी अधिकारीहरुले दिएको जानकारीअनुसार येयस्क सहरको एक अपार्टमेन्टमा सु–३४ युद्धक विमान दुर्घटनामा परेको हो । अभ्यास उडानको क्रममा उक्त विमान दुर्घटना भएको हो ।

अधिकारीहरुले दिएको जानकारीअनुसार मृत्यु हुनेमा तीनजना बालबालिका पनि छन् । दुर्घटनापछि उक्त भवनबाट ६८ जना मानिसको उद्धार गरिएको छ । सोमबार साँझ भएको दुर्घटनामा परी घाइते भएका १९ जना मानिसको अहिले उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । रुसको रक्षा मन्त्रालयका अनुसार विमान दुर्घटना हुनुको एउटा कारण विमान उड्ने समयमा एउटा इन्जिनमा आगलागी हुनु हो ।

ताजा अपडेट

खोजी गर्नुहोस