जसपा-एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन समाजवादी महिला संघको आग्रह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक १, मंगलबार (२ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

कार्तिक १,बिरगंज । जनता समाजवादी पार्टी नेपाल जसपा निकट महिला संगठन समाजवादी महिला संघले जसपा एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउने अभियानलाई तीव्रता दिएको छ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा(एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादव, प्रदेशसभा सदस्यद्वय उम्मेदवार विचारी प्रसाद यादव र लालबाबु राउत गद्दीलाई मतदान गर्न आग्रह गर्दै महिला संघले घरदैलो गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा जसपा(एमाले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने लक्ष्यका साथ आफूहरुले अभियानलाई तीव्रता दिएको समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवले बताईन । देश र जनताको हित तथा पर्सा जिल्लाको वृहतर विकासका लागी जसपा(एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उनको भनाई छ । समाजवादी महिला संघले गरिरहेको घरदैलो र विभिन्न चुनाव केन्द्रित कार्यक्रमको यादवकै संयोजकत्वमा भइरहेको छ ।

घरदैलोका क्रममा संघसँग आबद्ध महिला नेतृहरुले जसपा–एमाले गठबन्धन जिन्दावाद, छाता छाप जिन्दावाद जस्ता नारा पनि लगाएका थिए । कार्यक्रममा जसपा नेतृ अन्नपूर्ण मानन्धर, प्रेरणा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस