धान उत्पादन ९ प्रतिशतले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । चालू आर्थिक वर्षमा धान उत्पादन वढेको छ।

यो वर्ष गत वर्षको तुलनामा धान उत्पादन ८.८९ प्रतिशतले वढेको छ।

यस वर्ष ५६ लाख १० हजार टन धान फलेको तथ्यांक बुधबार कृषि तथा पशुपति विकास मन्त्रालयले सार्वजनिक गरेको छ। यो अहिलेसम्मकै सबैभन्दा वढी हो।

यस वर्ष प्रदेश २ मा बसैभन्दा वढी १४ लाख ९४ हजार ५४४ टन धान उत्पादन भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम १ लाख ३३ हजार ५७९ टन धान उत्पादन भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस