पर्सा क्षेत्र नं. ४ मा चुनावी घरदैलो कार्यक्रम तिब्र

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक ३, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

दिपू वर्णवाल

कार्तिक ३, वीरगंज । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले पर्सा क्षेत्र नम्बर ४ मा पर्ने पोखरीया नगरपालिकाको विभिन्न गाँउमा बुधबार चुनावी घरदैलो कार्यक्रम गरेका छन् । पर्सा ४ का काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र माओवादी केन्द्रकी प्रदेशसभा सदस्य उम्मेदवार शेख चाँदताराले दलका नेता कार्यकर्तासंगै पोखरीया नगरपालिकाको बसन्तपुर र फुलवरीयामा घरदैलो कार्यक्रम गरेका हुन् ।

घरदैलो कार्यक्रममा मतदाताहरुसंग भेट्दै दुवै उम्मेदवारले जनताको सुखदुखमा साथ दिदै आएकाले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी बनाउन आग्रह गरेका थिए । प्रतिनिधीसभा सदस्यका उम्मेदवार रिजालले मधेस र देशको समृद्धिका लागि फेरि पनि सत्ता गठबन्धनकै सरकार बन्न आवश्यक भएकाले निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई नै मत दिएर विजयी बनाउन अनुरोध गरे ।

संविधान र लोकतन्त्र मास्न खोज्ने दल एमाले र उससंग घाँटी जोडेको जसपा दुवै अहिले सत्ता स्वार्थका लागि एक भएकाले उनिहरुलाई परास्त नगरिए फेरि संविधान र लोकतन्त्र समाप्त पार्ने खतरा रहेको पनि उनले बताए । रिजालले भने ,‘ जसले मधेसको मसिहा भनेर मधेसीको बलिदानी दिन लगायो त्यहि दल अहिले मधेस विरोधी एमालेसंग घाँटी जोड्न पुगेको छ , यदि उनिहरुलाई चुनावमा जनताले परास्त गरेनन् भने फेरि पनि लोकतन्त्र र संविधान दुवै खतरामा पर्न सक्छ , जनताले यो कुरा बु्झन जरुरी छ ।

काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजालले मधेस र मधेसीको अधिकार र मुद्धाको पक्षमा काँग्रेस सदैव साथ दिने पार्टी काँग्रेस नै रहेको कुरा इतिहासले पुष्टि गरिसकेको पनि बताए । घरदैलो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको सहभागीता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस