पौष १२, काठमाडौं । आँखाले इशारा गरेको भिडियोका कारण एकाएक चर्चामा आएकी मलयालम अभिनेत्री प्रियाप्रकाश वारियर अहिले फेरि समाचारमा छाएकी छिन् । यसपटक उनले नयाँ फोटोसुटका कारण इन्टरनेटमा तहल्का पिटिरहेकी छिन् ।
वर्षको सुरुवातमा उनले स्कुल ड्रेसमा आँखा झिम्क्याएर लाखौँलाई घायल बनाएकी थिइन् । आँखाले इशारा गर्ने प्रियाप्रकाशको भिडियो यति भाइरल भयो कि उनी रातारात सेलेब्रिटी बनिन् । अहिले फोटोसुटका कारण उनको चर्चा चलेको छ ।
यस वर्ष गुगलले सबैभन्दा बढी सर्च हुने स्टार, गीत र फिल्मको लिस्ट सार्वजनिक गरेको छ । फिल्ममा रजनीकान्तको ‘२।०’, गीतमा नोरा फतेहीको ‘दिलबर’ र स्टारको सूचीमा भने प्रियाप्रकाश छिन् ।