प्रधानमन्त्री देउवाकै जिल्लामा वडा समितिले चुनाव बहिस्कार गर्ने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक ६, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक ६, काठमाण्डौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिस्कारको निर्णय गरेको छ ।

भागेश्वर गाउँपालिका ५ को समितिले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । बहुमतबाट निर्णय गरिएको वडा सभापति जंगबहादुर थापामगरले जनाएका छन् ।

“मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरु विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिस्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ, “साथै यदी माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्ला स्तरका कुनै पनि कांग्रेसका नेताहरुसँग वार्ता नगरी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवासँगमात्रै वार्ता गर्ने कुरा जानकारी गराइन्छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस