पाकिस्तानमा बाढीपहिरो : एक हजार ७०० भन्दा बढीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक ७, सोमबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । पाकिस्तानमा यो वर्षको वर्षायाममा बाढीपहिरोमा परी एक हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका अनुसार बाढीपहिरोमा परी मृत्यु हुनेको एक हजार ७३१ पुगेको छ ।

विपदजन्य घटनामा १२ हजार ८०० भन्दा बढी घाइते भएका छन् । विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सिन्ध प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ७९२ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस