मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १२, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालीयन कम्पनीमा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् ।

अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् ।

खानेपानी तथा सरसफाई मन्त्रालयले ६ पुसमा अध्यागमनलाई पत्राचार गर्दै कम्पनीका कर्मचारीलाई स्वदेश फिर्तामा रोक नलगाउन निर्देशन दिएको थियो । त्यसअघि १ पुसमा भने फिर्तीमा रोक लगाउन पत्राचार गरिएको थियो ।

ठेकेदार कम्पनीका कुनैपनि प्राविधिक सुरुङ निर्माणस्थलमा नभएपछि अहिले मेलम्चीको काम ठप्प छ ।

ताजा अपडेट

खोजी गर्नुहोस