टेलिकमले ल्यायो हजारौ एसएमएस पठाउन पाइने अफर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक ७, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा भोलिदेखि सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ ।

यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा  १००० रुपैयाँ मात्र लाग्ने टेलिकमले जनाएको छ । त्यसैगरी २,५०० रुपैयाँ मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र  ५ हजार रुपैयाँमा १० दिन भित्रमा १०,००० एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ ।

कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।  यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस