कुलानन्द स्मृति पुरस्कार कैलाश लिम्बुलाई

कार्तिक ७, काठमाण्डौ । मिति २०७९÷०७÷०६ मा भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोहमा उक्त तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी प्र.प्र.नि. श्री कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार माननीय गृह मन्त्री बालकृष्ण खाँणद्वारा प्रदान गरियो । उक्त पुरस्कार श्री कुलानन्द ठाकुरका दुई छोरा डा. चिरंजीवी नेपाल (पूर्व गभर्नर) तथा ई. आनन्द नेपालद्वारा २०७६ सालमा स्थापित गरिएको हो । श्री कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम हुनुभएको थियो ।

साथै उहाँ भारतको बेलायतको तथा अमेरिकाको बाट तालिम लिनुहुने पहिलो प्रहरी अधिकृत पनि हुनुहुन्थ्यो । नेपालमा तालिम लिने पनि प्रथम नै हुनुहुन्थ्यो । उक्त पुरस्कार निजको नाममा प्रत्येक पटक प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थीलाई दिने भन्ने उद्देश्यले स्थापना गरिएको हो । उक्त प्रहरी निरीक्षक आधारभुत तालिममा सर्वप्रथम हुने प्र.प्र.नि. कैलाश लिम्बु सहित सम्पूर्ण प्रशिक्षार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्पूर्णलाई दिपावली, नेपाल सम्वत तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना कुलानन्द स्मृति प्रतिस्ठानले व्यक्त गर्दछ ।

संम्बन्धित समचार

Leave a Reply