नेपालमा स्वदेशी बिजुलीबाटै तिहारको उज्यालो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक ७, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । आज लक्ष्मीपूजा । आज साँझमा देशभर नै घरघरमा झिलिमिली बत्ती बालेर दीपावली हुँदैछ ।आज नेपाल विद्युत् प्राधिकरणलाई विगतको जस्तो बिजुलीको माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने होला भन्ने चिन्ता छैन । किनकि नेपालमै उत्पादन हुने बिजुलीको परिमाण दीपावलीका लागि पर्याप्त छ ।

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ दीपावली स्वदेशी बिजुलीकै खपत गरेर मनाइने बताउँछन् । ‘तिहारमा हामी नियमित ढंगले भारतमा भइरहेको बिजुली निर्यात पनि गर्छौं,’ उनी भन्छन्,’नेपालकै बिजुलीले तिहारमा माग धानिन्छ ।’ अहिले प्राधिकरणले विभिन्न आयोजनाबाट ३७४ मेगावाट बिजुली नियमित रुपमा भारतमा बेचिरहेको छ ।

लक्ष्मीपूजाकै दिनमा पनि बिजुलीको माग धान्न कुनै समस्या नपर्ने र आन्तरिक खपत भएर बिजुली बढी हुने भएकाले भारततर्फ निर्यात पनि भइरहने घिसिङको भनाइ छ । घिसिङअनुसार नेपालका सबै आयोजनाहरुले अहिले कुल २ हजार २ सय ५ मेगावाट बिजुली उत्पादन गर्न सक्छन् । अहिले नदीनालामा पानीको सतह पनि नघटेको र बाढी समेत नआएकोले विद्युतको उत्पादन अरु बेलाभन्दा राम्रो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस