जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्दै काठमाण्डौ महानगर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक ७, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ७, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्न सुरु गरेको छ । रातको समयमा सडक तथा नदी किनारा लगायत सार्वजनिक स्थलमा फोहोर फाल्न आउनेलाई कारबाही गर्ने गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार जथाभावी फोहोर फाल्नेसँग जरिबानाबापत ४ लाख ५ सय रुपैयाँ संकलन भएको छ । महानगरको वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसाँ जरिवाना रकम तोक्ने गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस