जाजरकोटमा आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव !

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७५ जेष्ठ २४, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २४,जाजरकोट । यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् ।

भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदे याममा आफ्नो खेतबारी बाँझै रहने गरेको नलगाड नगरपालिका– ८ का हरिबहादुर खत्रीले बताए ।

केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरेपनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहेको भेरी नगरपालिका–१ का कालीबहादुर पुनले बताए ।

“अर्काको पाइप ल्याएर सिँचाइ गर्दा रु एक हजार तिर्नुपर्ने हुन्छ,” उनले भने । आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेको पुनको भनाइ छ ।

सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबाली समेत लगाउने गरेको कुशेगाउँपालिका–५ का अमिक थापाले बताए । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ ।

ताजा अपडेट

खोजी गर्नुहोस