तिहारको आज चौथो दिन गाई पूजा गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक ८, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ८, काठमाण्डौ । नेपालीहरूको दोस्रो महान चाड तिहारको आज चौथो दिन गाई पूजा गरिँदै छ। गाई हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । गाईले आमाले जस्तै माया दिने भएकाले गौमाता समेत भनिन्छ ।

आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई माता भनिएको हो । गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गहुँत, गोबर आदि वस्तु प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस