तिहारमा साढे २४ लाख माला खपत !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक ९, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कात्तिक ९,काठमाडौँ । यो तिहारमा साढे २४ लाख माला खपत भएको छ । देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको र झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।

तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ । तर, व्यवसायीले बढी नाफा कमाउन भारतबाट आयात गर्ने गरेका छन् ।

सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन । काठमाण्डौ तथा मुख्य बजारमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ ।

यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान भन्दा धेरै आयात भएको छ । यसअघि तीन लाख सयपत्री माला आयात हुने अनुमान गरिएकोमा तिहारका पाँच दिनमा साढे चार लाख माला आयात भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले बताए । भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस