पर्सा ४ मा रमेश रिजाल आफ्नो पक्षमा माहोल तयार पार्दै

कात्तिक ९,विरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने ठोरी गाँउपालिकाका अधिकांश मतदाताले यसपालिको चुनावमा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाललाई नै मतदान गरि विजयी बनाउने बताएका छन् ।

चुनावी घरदैलोका क्रममा ठोरी गाँउपालिकका विभन्न वडामा पुगेका उम्मेदवार रिजालका बारेमा सन्चारकर्मीसंग कुराकानी गर्दै मतदाताहरुले यसपालिको आफुहरुको रोजाई रिजाल नै भएको बताए ।

ठोरी ५ बाघमोर्चाका स्थानीय सागर लामाले प्रतिगमनलाइ परास्त गर्न पनि काँग्रेसलाई जिताउनुपर्ने भएकाले आफुहरुको मत रिजाललाई नै जाने बताए । एमाले र उसका अध्यक्ष केपी ओलीले दुई दुई पटक संसद बिघटन गरेर लोकतन्त्र मास्न खोजेको र संविधानलाई नै च्यात्ने प्रयत्न गरेकाले त्यस्ता प्रतिगमनकारी दल र उसका उम्मेदवारलाई सचेत जनताले भोट नदिने लामाले बताए ।

लामाले पर्सा ४ मा प्रतिनिधिसभा सदस्यमा उठेका एमालेका उम्मेद्वार दल चाहार्दै हिड्ने उम्मेदवार भएको आरोप लगाउदै त्यस्ता नेताले जिते पनि आफ्नो स्वार्थका लागि फेरि सांसद पद नै बेचिदिने खतरा भएकाले जनताले यो कुरा बुझेकाले काँग्रेस उम्मेदवार रिजाल नै ठोरीका जनताको रोजाई भएको बताए ।

ठोरीकै अर्का स्थानीय वीर बहादुर लोप्चनले पनि ठोरीका जनता प्रतिगमनकारीको पक्षमा नभएको बताए ।उनले एमालेका उम्मेदवारको विगतको चारित्रीक पृष्ठभूमि अन्तर्राष्ट्रिय रुपमै बदनाम भएकाले त्यस्ता उम्मेदवारलाई कदापि मत नदिने बताए ।

काँग्रेस उम्मेदवार रिजाल जिते पनि नजिते पनि ठोरीका जनताको माझमा रहदै आएको नेता भएकाले रिजाललाई नै यसपालि अत्याधिक मत दिएर जिताउने लोप्चनले बताए ।

संम्बन्धित समचार

Leave a Reply