महोत्तरीको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ कार्तिक ११, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक ११, महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर ८ पररियामा भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ । आज शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि आठ बुँदे सहमति भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस