खुकुरी प्रहार गरी एकको हत्या

Post Thumbnail

कार्तिक १२, काठमाण्डौ । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो  ।

नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस