कालीकोटमा विष्फोटक पदार्थ पड्किँदा मृत्यु हुनेको संख्या दुई (अपडेट)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक १२, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १२। काठमाण्डौ । कालीकोटमा विष्फोटक पदार्थ पड्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । तीन जना गम्भीर घाइते भएका छन् । दुई जना बालिकाको उपचारका क्रममा मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएकाको उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी रामहरी शर्माका अनुसार तिलागुफा-१० कि चार वर्षीया झरना थापा र अर्की चार वर्षीया बालिका सरस्वती रानाको मृत्यु छ । चार वर्षीया बालिका सरस्वतीको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने झरनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस