रुपन्देहीमा कारको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु, दुई घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ कार्तिक १४, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

कार्तिक १४, काठमाण्डौ । रुपन्देहीमा छठ पूजाका लागि जाने क्रममा सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । सोमबार बिहान घरबाट नजिकैको छठ घाटमा जाने क्रममा सवारी दुर्घटना भएको हो ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर पहिचान नभएको टाटा कम्पनीको इन्डोगो कारले ठक्कर दिँदा रुपन्देही ओमसतिया–४ पननीको एक महिने शिशुसहित २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीया सीमा कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्यामु अर्यालले जानकारी दिए । त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र ३५ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस