आजको शेयर बजार ५६ अङ्कले बढ्यो, कारोबार एक अर्ब २९ करोड !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ कार्तिक १५, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १५, काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । सोमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३०.९९ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि सुधार भएको छ । दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस