पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ कार्तिक १६, बुधबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्न जाँदैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी को २० औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन् । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गरेका हुन् । । सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस